उपमहानगरपालिकामा स्तनपान कक्ष

दाङ : तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ। उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले आइतबार सो कक्षको उदघाटन गरिन्।
दुई लाख रुपैयाँमा निर्माण गरिएको स्तनपान कक्षमा सुतेर बच्चालाई दूध खुवाउनका लागि शय्या र बस्नका लागि सोफा राखिएको छ।
उपप्रमुख आचार्यले स्तनपान कक्ष स्थापनासँगै तुलसीपुर उपमहानगरपालिकालाई नमूना ‘स्मार्ट सिटी’को रूपमा विकास गर्न मद्दत मिल्ने बताइन्।
कार्यक्रममा १० सुत्केरीलाई न्यानो कपडा र झोला वितरण गरिएको थियो।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु