फोहोर व्यवस्थापन : अस्पतालकाे प्रमुख चिन्ता

काठमाडौं : अस्पताल तथा स्वास्थ्य संस्थामा फोहोर व्यवस्थापन विषयमा काठमाडौंमा एक दिने गाेष्ठी सम्पन्न भएको छ।
बनस्थलीस्थित हेल्थ केयर फाउण्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा अस्पताल तथा स्वास्थ्य संस्थामा प्रयोग हुने संक्रमणजन्य फोहोर, खानेपानी, सरसफाइजस्ता विषय अस्पतालले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको थियो।
अस्पतालले भवन मात्र नभई अन्य व्यवस्थापनमा समेत ध्यान दिन जरुरी रहेको भन्दै यसका लागि एक एक वटा मापदण्ड पूरा गर्दै जानुपर्नेमा जोड दिइएकाे फाउण्डेसनअन्तर्गतकाे हेल्थ केयर वेस्ट म्यानेजमेन्ट कार्यक्रम निर्देशक महेश नकर्मीले बताए।
कार्यक्रममा अस्पताल तथा स्वास्थ्य संस्थामा कसरी गुणस्तर कायम राख्ने ? जोखिम व्यवस्थापन कसरी गर्ने ? बिरामीलाई संक्रमण हुन नदिन के कस्ता उपाय अपनाउने? जस्ता विषयमा पनि छलफल भएको नकर्मीले जानकारी दिए।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु