चितवनले धान्छ १० जिल्लामा रगतकाे माग
चितवन : चितवनस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले मध्य नेपालका १० जिल्लामा रगतकाे माग धान्दै आएको छ। जिल्लामा वार्षिक ३५ हजार युनिटभन्दा बढी रगतको माग हुन्छ।
रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीन सयभन्दा बढी संघ संस्थासँग सहकार्य गरेर रगत संकलन गरिँदै आएको छ। केन्द्रले मकवानपुर, रौतहट, सर्लाही, धादिङ, गोर्खा, तनहुँ, लमजुङ, नवलपरासीको दाउन्ने पूर्व तथा पश्चिम पुगेर रगत संकलन गर्दै आएको छ।
‘जिल्लाका रेडक्रस र अन्य संघसंस्थासँग सहकार्य गरेर प्राविधिक सहितको रक्त संकलन भ्यान पठाएर रगत ल्याउने गरेका छौँ’, पाैडेलले भने। नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले सबैको सहयोगले केन्द्र सञ्चालन गर्न सकिएको बताए।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा युनिट राखेर सेवा दिइँदै आएको छ। २० प्रतिशत बिरामीका आफन्त तथा स्वयंसेवी रक्तदाताले केन्द्रमा पुगेर रक्तदान गर्ने गरेका छन्।
जिल्लामा हरेक वर्ष वैशाखदेखि साउनसम्म रगत अभाव हुन्छ। सो समयमा केन्द्रले अरू जिल्लाबाट रगत ल्याउने गरेको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री हरि पौडेलले बताए।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने