नगर सफा राख्न ‘पिसाब घर’

सप्तरी : राजविराज नगरपालिकाले विभिन्न छ स्थानमा पिसाब घर निर्माण गरेको छ। सप्तरी जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेको अवस्थामा नगर क्षेत्रभित्र ‘पिसाब घर’ निर्माणका लागि आव ०७४\७५ को नगर सभाबाट पाँच लाख रूपैयाँ विनियोजन गरी ती घर निर्माण गरिएको नगरपालिकाले जानकारी दिएकाे हाे।
सफा नगर राख्ने उद्देश्यका साथ गत आवमा पारित योजनालाई नै चालु आव ०७५\७६ मा सारेर राजविराजस्थित रंशाला पश्चिमतर्फ ढोकाको छेउ, पश्चिम बस बिसौनी छेउ, नगरपालिकाको उत्तरतर्फ सडक खण्डस्थित भगवती पोखरीको छेउमा, पुरानो बारुणयन्त्रकोपश्चिमतर्फको सडक खण्ड, पवि माविको खेल मैदान र कुनौली मोडस्थित अञ्चल अस्पताल छेउमा गरी छ स्थानमा पिसाब घर निर्माण गरेको नगरप्रमुख शम्भुप्रसाद यादवले बताए।
राजविराजको मुटु मानिने गजेन्द्र चोक र दर्शन चोकमा पिसाब घर निर्माणका लागि प्रयास भइरहेको र सर्वसाधारणको बढी चाप हुने अन्य स्थानमा पनि निर्माण गर्ने लक्ष्य रहेको नगरप्रमुख यादवले जानकारी दिए।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु