अाैषधिकाे मूल्य अब सरकारले नै ताेक्ने

काठमाडौं : अब सरकारले औषधिको मूल्य आफैँले नै निर्धारण गर्ने भएको छ। भदौ ५ गतेको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पेश गरेको ‘जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ यो विषय उल्लेख छ।
विधेयकको दफा २८ मा भनिएको छ, ‘औषधिको मूल्य निर्धारण नेपाल सरकारले तोकेबमोजिम हुनेछ।’ औषधि व्यवस्था विभागले अहिलेसम्म बढी प्रयोगमा आउने औषधिको मात्र मूल्य निर्धारण गर्दै आएको छ।
हालसम्म अाैषधि व्यवस्था विभागले ११७ प्रकारका औषधिको मूल्य निर्धारण गरेको छ। विशेषगरी क्यान्सर, मिर्गौला, उच्च रक्तचाप, ज्वरो, दम, खोकीजस्ता औषधिका मूल्य निर्धारण गरिए पनि प्रभावकारी रूपले बजार अनुगमन हुन नसक्दा चर्को मूल्यमा बिरामी औषधि खरिद गर्न बाध्य छन् ।
विधेयकको दफा २८ मा चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधि सिफारिस गर्दा जेनेरिक (मूल) नाम लेख्नुपर्ने व्यवस्था गरिएको छ । सन् १९८५ देखि नै नेपालमा औषधि सिफारिस गर्दा जेनेरिक नाम लेख्नुपर्ने बहस हुँदै आएको थियो ।
विभागका महानिर्देशक नारायण ढकालले उपभोक्ताले ‘जेनेरिक’ नामबाट औषधि खरिद गर्दा हालको भन्दा धेरै सस्तो पाउने दाबी गरे। तर नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालले जेनेरिक नामममा औषधिको ‘प्रेस्किप्सन’ गर्दा मूल्य धेरै नै सस्तो नहुने र उपभोक्ताले गुणस्तरहीन औषधि लिनुपर्ने बाध्यता बढ्ने बताए।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने