दूधकुण्ड मेलामा रेडक्रसकाे स्वास्थ्य शिविर

काठमाडौं : सोलुखुम्बुको प्रसिद्ध धार्मिक स्थल दूधकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा रेडक्रसले स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा टाक्सिन्दुले अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि स्वास्थ्यकर्मी खटाएर निःशुल्क शिविर सञ्चालन गरेकाे हो।
पाँच स्वास्यथ्कर्मी सहितको १५ जनाको टोली बिहीबारदेखि १० गतेसम्मका लागि खटाइएको रेडक्रस उपशाखा टाक्सिन्दुका सुरेश खड्काले जानकारी दिए। जनैपूर्णिमाको अवसरमा सोलुदूधकुण्ड नगरपालिकाको टाक्सिन्दुमा अवस्थित दूधकुण्डमा हरेक वर्ष भव्य मेला लाग्छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु