नेपालगञ्ज हेल्थ क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

बाँके : विभिन्र विद्यार्थी संगठनले नेपालगञ्ज हेल्थ क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
क्याम्पसले विद्यार्थीको परीक्षा फारम केन्द्रमा नपठाएको विषयमा बोलाइएको वार्तामा नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष सीपी देवकोटामाथि आक्रमण भएको भन्दै विरोधमा विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन्।
वार्तामा बोलाएर आक्रमण भएको भन्दै विद्यार्थी संगठनले दोषीलाई कारवाहीको माग गरेका छन् । क्याम्पस सञ्चालक मैकुलाल वाल्मिकीले भने आफूले आक्रमण नगराएको बताए। विद्यार्थीका दुई पक्षबीच झडप भएको उनकाे दाबी छ।
नेविसंघ, अनेरास्वावियु, अखिल क्रान्तिकारी, अखिल छैटाैँ, नयाँशक्ति विद्यार्थी युनियनलगायतका विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा दोषीलाई कारवाही गर्नुको साटो बाँके प्रशासन मौन बसेको आरोप लगाइएको छ। आन्दोलनरत विद्यार्थी र प्रमुख जिल्ला अधिकारीबीच याे विषयमा भएको वार्ता सहमतिमा नपुग्दै टुंगिएकाे छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु