मिर्गौला राेगी बालकद्वारा सहयाेगकाे याचना

दाङ : दुवै मिर्गौलाले काम गर्न छाडेका तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुरका ११ वर्षीय शशि अधिकारीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन्। अाफ्नाे दुवै मिर्गौलाले काम नगरेकाले उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका हुन्।
बिहीबार तुलसीपुरमा उनले पत्रकार सम्मेलन गरी उपचारका लागि आवश्यक रकम आफ्नो परिवारसँग नभएकाले सबैको सहयोगले आफ्नो जीवनरक्षा हुने अपेक्षा गरेकाे बताए।
‘घरको आर्थिक अवस्था नाजुक छ, उपचार गराउन भारतको लखनउ पुग्दा चिकित्सकले तीन लाख रुपैयाँ लाग्छ भनेका छन्’, उनले भने। पत्रकार सम्मेलनमा बालक अधिकारीकी फुपू खीमा भण्डारीले भदाको उपचारका लागि सहयोग गरिदिन सबैमा आग्रह गरिन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु