Health TV Online
Health TV Online
Health TV Online

सशस्त्र प्रहरीकाे रक्तदान

सशस्त्र प्रहरीकाे रक्तदान

काठमाडौं : मुलुकमा देखिएको रगत अभाव कम गर्न सशस्त्र प्रहरी बलले मुलुकभर रहेका संगठनमा बिहीबार अभियानका रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

महानिरीक्षक प्रथम रक्तदान नाम दिइएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा महानिरीक्षक शैलेन्द्र खनालले रक्तदान गरे।

सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा शान्ति, सुरक्षा, विकास र समृद्धिको सरकारी कार्यक्रमलाई मूर्तरूप दिन संगठनले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे।

खनालले रक्त अभाव भएर जीवनमरणको दोसाँधमा रहेका व्यक्तिलाई जीवनदान प्रदान गर्न संगठनले सञ्चालन गरेको यो कार्यक्रमबाट ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा