Health TV Online
Health TV Online
Health TV Online

चिकित्सा विषयकाे भर्नासम्बन्धी अध्ययन गर्न कार्यदल

चिकित्सा विषयकाे भर्नासम्बन्धी अध्ययन गर्न कार्यदल

काठमाडाैं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक (एमबीबीएस) तहमा भर्नासम्बन्धी अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको छ।

कार्यदलमा चिकित्सकद्वय जीवन क्षेत्री, केदार बराल तथा कर्णाली प्रदेश सरकारका प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि एवं सुर्खेत अञ्पतालका प्रतिनिधिसमेत रहेकाे शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकार र चिकित्सक डा. गोविन्द केसीका बीचमा साउन १० गते भएको सहमति कार्यान्वयन गर्न सो कार्यदल गठन गरिएको हो।

सहमतिको प्रमुख बुँदाका रूपमा रहेको चिकित्सा शिक्षा विधेयक संशोधनका क्रममा प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिमा छलफलका क्रममा रहेको छ। विधेयकमाथि २२ वटा संशोधन दर्ता भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा