Health TV Online
Health TV Online
Health TV Online

गोसाइँकुण्डमा निःशुल्क स्वास्थ्य शिविर

गोसाइँकुण्डमा निःशुल्क स्वास्थ्य शिविर

रसुवा : श्रावण शुक्ल एकादशीदेखि जनैपूर्णिमामा लाग्ने मेलालाई केन्द्रित गरी गोसाइँकुण्डलगायत आवश्यक स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

हिमालय उद्धार सङ्घ, लौरीविनायकमा अक्सफोर्ड युनिभर्सिटी क्लिनिक रिसर्च युनिटअन्तर्गतको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, गणेश गौँडामा सक्षम नेपाल नामक, चोलाङ्पाटी र चन्दनबारीमा लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणले स्वास्थ्य शिविर शुरु गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिए।

स्वास्थ्य शिविर गोसाइँकुण्डमा अक्सिजनसहित छ चिकित्सकको समूहले निःशुल्क उपचार सेवा दिइरहेको समितिले जनाएको छ । नेपाली सेनाले भने आफ्ना चिकित्सकद्वारा तीन दिन अघिदेखि उपचार सेवा प्रदान गरिरहेको र उद्धार टोलीसमेत तैनाथ गरेको कालीजंग गणले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा