जिल्ला अस्पतालमा चिकित्सक अभाव

नुवाकोट : जिल्ला अस्पतालमा दरबन्दीअनुसारका स्वास्थ्य सेवाका कर्मचारीको अभावका कारण सेवाग्राही प्रभावित भएका छन्।
त्रिशूलीस्थित सो अस्पतालमा आठ विशेषज्ञ चिकित्सकसहित १७ जना स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी छ। तर ५० शय्याको सो अस्पतालमा हाल करारमा रहेका चार चिकित्सकले सेवा दिइरहेका छन्।
अहिले सातौँ तहका स्टाफ नर्स देवकी खतिवडालाई कामु मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको बताइएको छ।
सांसद नारायण खतिवडाले अस्पतालको दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीले सेवा पाउनबाट वञ्चित हुनु परिरहेको बताए। सांसद बहादुरसिंह लामाले चिकित्सक नहुँदा आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार हनन तर्क गरे।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने