नेपाल मेडिसिटीमा सिरहावासीलार्इ विशेष सहुलियत

ललितपुर : नेपाल मेडिसिटी अस्पतालमा सिरहावासीले विशेष सहुलियत प्राप्त गर्ने भएका छन्। भैँसेपाटीस्थित नेपाल मेडिसिटीमा मंगलबार सिरहा समाज सेवाका अध्यक्ष विष्णुकुमार साह र अस्पतालका महाप्रबन्धक विजय रिमालले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार सिरहा समाज सेवासँग समन्वय गरी नेपाल मेडिसिटीमा उपचारका लागि आउने सिरहावासीले विशेष सहुलियत पाउनेछन्। नेपालमै सम्पूर्ण उपचार सम्भव रहेको अवस्थामा विभिन्न स्थानमा फैलिएका नेपालीहरूलाई स्वदेशी अस्पतालको सेवासुविधामा सहभागी गराउने उद्देश्यमा यस सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने अस्पतालका महाप्रबन्धक रिमालले बताए।
त्यस्तै सिरहा समाजका अध्यक्ष साहले उत्कृष्ट अस्पतालसँग समन्वय गर्न पाएकोमा खुशी व्यक्त गरे। सिरहावासीले नेपाल मेडिसिटी अस्पतालको नगदरहित स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भई सुलभ उपचार प्राप्त गर्नसक्ने छन्।
सिरहा समाज सेवा वा नेपाल मेडिसिटीमा सम्पर्क राखी बिमा कार्यक्रममा आबद्ध हुनसक्ने जनाइएकाे छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु