Health TV Online
Health TV Online
Health TV Online

आँखासम्बन्धी स्वास्थ्य नीति ल्याउन माग

आँखासम्बन्धी स्वास्थ्य नीति ल्याउन माग

काठमाडाैं : सराेकारवालाहरूले आँखा स्वास्थ्य नीति ल्याउन सरकारसँग माग गरेका छन्। दक्षिण एसियाली राष्ट्रमध्येमा नै नेपालमा आँखाको उपचार राम्रो हुने भन्दै उनीहरूले  यहाँ स्वास्थ्य पर्यटन प्रवर्धन गर्न सकिने बताएका छन्।

ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्रलाई आँखा उपचारका सामग्री हस्तान्तरण गर्न मंगलबार गोकर्णेश्वर नगरपालिकाको दक्षिणढोकामा आयोजना गरिएको कार्यक्रमका वक्ताहरूले यस विषयमा जोड दिएका हुन्।

पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आँखा उपचारका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समेत सहयोग रहेको जानकारी दिए। नेपालका लागि जापानी राजदूत मासामिची साइगोले आँखा स्वास्थ्यका लागि जापान सरकारका तर्फबाट ९६ लाख रूपैयाँ बराबरको उपकरण सहयोग गरेको जानकारी दिए।

कार्यक्रममा सांसद कृष्ण राईले धुलो प्रदूषणलगायत समस्याका कारण मोतियाबिन्दुका रोगी बढ्ने गरेको बताए। प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले नेपालको आँखा उपचार पद्धतिले स्वास्थ्य पर्यटन प्रवर्धन गर्न सकिने सम्भावना बोकेकाले त्यसैअनुसारको नीति बन्नुपर्ने धारणा राखे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना