बिमा गराउने थाेरै, उपचार गराउने धेरै

चितवन : सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा बिमा गर्नेभन्दा बिमाबाट उपचार गराउनेको संख्या धेरै देखिएको छ। बाहिरी जिल्लामा बिमा गराएर यहाँ उपचार गराउने आउने भएकाले संख्या बढी देखिएको हो।
जिल्लामा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या एक लाख ६७ हजार रहेकाे स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईले बताइन्। तर बिमा मार्फत उपचार गराएर माग दाबी गर्नेको संख्या एक लाख ८९ हजार ९९४ पुगेको उनकाे भनाइ छ।
जिल्लामा बिमा गराउनेमध्ये सबैको माग दाबी छैन। अस्पतालबाट माग दाबी भई आएको तथ्याङ्क हेर्ने हो भने जिल्लाबाहिरबाट चितवनमा उपचार गराउन आउनेको संख्या बढी देखिएको छ।
नवलपरासी, मकवानपुर, धादिङ, गोर्खा, बारा, पर्सा, रौतहटलगायतका जिल्लाबाट चितवनका अस्पतालमा उपचार गराउन आउने गरेका छन्। कार्यालयकाअनुसार जिल्लामा सबैभन्दा बढी बिमा माग दाबी गर्ने चितवन मेडिकल कलेज छ।
पूर्वी चितवनमा रहेको गुञ्जमान अस्पतालमा बिमा गर्ने बिरामी नजाने गरेकाे देखिएको छ। सो अस्पतालले अहिलेसम्म एक जनाको पनि बिमा माग दाबी गरेको छैन।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु