नेपालगञ्ज उपमहानगरमा वातावरणमैत्री अभियान

बाँके : नेपालगञ्ज उपमहानगरपालिकालाई वातावरणमैत्री बनाइने भएको छ। नेपालकै सबैभन्दा बढी गर्मी हुने शहरका रूपमा परिचित नेपालगञ्जमा बिरुवा रोपेर हरियालीयुक्त स्वच्छ वातावरण बनाउने अभियान शुरु गरिएको छ।
भौतिक पूर्वाधार निर्माणका कारण बढ्दै गएको तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको हो।
बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण आदि कारणले तापक्रम वृद्धिका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्ने स्थिति आउने सम्भावनालाई दृष्टिगत गरी सरोकारवाला सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँगको सहकार्यमा बिरुवा रोप्ने, त्यसको संरक्षण तथा संवर्धन गर्ने र सरसफाइलगायत चेतनामूलक कार्यक्रम भइरहेका छन्।
गत मंसिर ८ गतेको प्रथम नगरसभाले नै नेपालगञ्जलाई वातावरणमैत्री नगर बनाउन एक घर–एक चर्पी, एक व्यक्ति–एक विरुवा र एक वडा–एक बाल उद्यान बनाउने योजना पारित गरेको थियो । सोही योजनाअन्तर्गत प्रथम चरणमा नेपालगञ्जको राँझादेखि सीमा क्षेत्रसम्म वृक्षरोपण भइरहेको छ।
आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रूपमा विकास गर्न वृक्षारोपण लगायतका कार्यक्रम र अभियान शुरु गरिएकाे बताइएकाे छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु