एकै घरका तीन जनालार्इ डेङ्गु संक्रमण

झापा : मेचीनगरमा एकै घरका तीन जना डेङ्गु रोग सङ्क्रमित भएका छन्।
मेचीनगर–३ बाहुनडाँगीकी ३५ वर्षीया शर्मिला राई, छोरा ११ वर्षीय अमन राई र देउरानी २७ वर्षीया सरिता राई डेङ्गुको बिरामी भएका हुन् ।
डेङ्गु सङ्क्रमित तीनै जनालाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी शिक्षण अस्पताल भर्ना गरिएको छ। बजारबाट निकै टाढा बाहुनडाँगीको ग्रामीण क्षेत्रमा डेङ्गु रोगी फेला परेको यो पहिलो पटक हो।
झापाको काँकरभिट्टा, बिर्तामोड र दमक नगर क्षेत्रमा विगतमा पनि डेङ्गु सङ्क्रमण फैलिएको थियो।
११ वर्षीय अमन राईमा एक साताअघि टाउको दुख्ने समस्यासँगै कडा ज्वरो आएपछि रक्त परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पत्ता लागेको अमनका बुवा ध्रुव राईले बताए।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु