गलत ‘रिपोर्ट’ दिए तीन वर्ष कैद

काठमाडौं : स्वास्थ्य परीक्षणका क्रममा गलत रिपोर्ट दिए तीन वर्ष कैद हुने भएको छ। शुक्रबारदेखि लागू हुन लागेको मुलुकी अपराध (संहिता) ऐन २०७४ मा संहिताको दफा २३८ परीक्षणको झुटो प्रतिवेदन दिन नहुने उल्लेख छ।
उपदफा १ मा भनिएको छ, ‘कानुनबमोजिम मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण (प्याथोलोजिकल टेष्ट) गर्न इजाजतपत्र प्राप्त व्यक्तिले त्यसरी परीक्षण गर्दा झुठ्ठा वा गलत प्रतिवेदन दिन वा परीक्षणबाट प्राप्त तथ्यभन्दा फरक तथ्य उल्लेख गरी प्रतिवेदन दिन हुँदैन।’
यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने उपदफा २ मा बताइएको छ।
उपदफा ३ मा भनिएको छ, ‘उपदफा (१) बमोजिमको प्रतिवेदनको आधारमा कसैलाई औषधि सिफारिस गरी सेवन गर्दा, चिरफार गर्दा वा उपचार गर्दा कसैको ज्यान मरेमा वा अंगभंग भएमा त्यस्तो प्रतिवेदन दिने व्यक्ति कसूरदार मानिनेछ।’
उपदफा ४ मा उपदफा ३ बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई ज्यान मरिसकेको भए ज्यान मारे सरह र अंगभंग भएको भए अंगभंग गरे सरह सजाय हुने बताइएको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु