चिकित्सक संघद्वारा विरोधका कार्यक्रम स्थगन

काठमाडौं : नेपाल चिकित्सक संघले सरकारलाई ऐन सच्याउन १५ दिनको अल्टिमेटम दिँदै विरोधका पूर्वघोषित कार्यक्रम स्थगन गरेको छ।
बिहीवार पत्रकार सम्मेलन गर्दै संघले सरकार ऐन सच्याउन सकारात्मक देखिएको भन्दै विरोधका कार्यक्रम स्थगन गरिएको बताएको हो।
संघले मुलुकी अपराध संहिता ऐन २०७४ मा चिकित्सकलाई पेल्ने गरी प्रावधान राखिएको भन्दै यसअघि भदौ १ गतेबाट ‘लाइसेन्स’ र ‘एप्रोन’ सरकारलाई बुझाउने घोषणा गरेको थियो।
कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले केही दफामा संशोधन गर्न सकिने भन्दै विज्ञप्ति पठाएकाले अहिलेलाई आन्दोलन स्थगन गरिएको संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले बताए।
संघले यो सँगै ऐनमा विभिन्न संशोधन र खारेजी गर्नुपर्ने भन्दै ६ बुँदे माग अघि सारेको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु