Health TV Online
Health TV Online
Health TV Online

मुलुकी अपराध (संहिता) एेनप्रति सरकारी चिकित्सक संघकाे अापत्ति

मुलुकी अपराध (संहिता) एेनप्रति सरकारी चिकित्सक संघकाे अापत्ति

काठमाडौं:  मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकप्रति लक्षित कानुनी व्यवस्थाप्रति सरकारी चिकित्सक संघ (गोदान) ले आपत्ति जनाएको छ। बिहीबार विज्ञप्ति जारी गरी संघले ऐनप्रति असहमति जनाएको हो।

‘सीमित स्रोत साधन र जनशक्तिबीच अहोरात्र खट्ने चिकित्सकको मनोबल गिराउने मुलुकी अपराध(संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा चिकित्सकप्रति लक्षित इलाजसम्बन्धी कानुनी व्यवस्थाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ’ अध्यक्ष दिपेन्द्र पाण्डेद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ।

कानुनले चिकित्सकहरुलाई सुरक्षा प्रदान गर्नुपर्नेमा व्यावसायिक सुरक्षा नै नरहने गरी ऐन संशोधन गरेको संघको ठहर छ।  संघले उक्त ऐन र कार्यविधि बृहत छलफल र वैज्ञानिक अनुसन्धानबाट संशोधन गरेर मात्र लागू गर्न सरकारसँग आग्रह गरेको छ।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा