रजस्वला वा सुत्केरी भएकालाई ‘छाउगोठ’मा राखे तीन महिना कैद

काठमाडौं : मुलुकी अपराध (संहिता) ऐन २०७४ मा रजस्वला वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राख्न नपाइने उल्लेख छ। संहिताले छाउगोठमा राख्नेलाई मात्र नभई रजस्वला हुँदा छुवाछूत गर्नुलाई पनि फौजदारी अपराध मानेको छ।
संहिताको दफा १६८को उपदफा ३ मा उल्लेख छ, ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्नु वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन।’
उपदफा ४ मा अब रजस्वला भएकी महिलालाई छाउगोठमा राख्ने र छुवाछुत गर्नेलाई तीन महिना कैद र तीन हजारसम्म जरिवाना हुनेछ। सजाय र जरिवाना दुवै पनि हुनसक्छ।
उपदफा ५ अनुसार महिनावारी भएकी वा सुत्केरी महिलालाई छाउ गोठमा पठाउने वा छुवाछूत गर्ने र गराउने व्यक्ति राष्ट्रसेवक रहेछ भने थप तीन महिना कैद हुनेछ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु