क्यान्सरमुक्त भएकाहरूले अनुभव अादानप्रदान गर्ने

काठमाडौं : नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सपोर्ट ग्रुपले क्यान्सरमुक्त भएकाहरूलाई भेला गराई अन्तरक्रिया गर्ने भएका छन्।
भदाै १ गते ललितपुरकाे हरिसिद्धिस्थित सेन्टरमा अन्तरक्रिया हुने भएकाे हाे। रोग निको भएका विभिन्न किसिमका क्यान्सर रोगीलाई संगठित गर्ने र आफू बिरामी भएका बेला र उपचारका क्रममा भोगेका अनुभव प्रदान गर्न अन्तरक्रिया गर्न लागेको बुधबार पत्रकार सम्मेन गरी जानकारी दिइएको हो।
उपचारबाट क्यान्सरमुक्त भइसकेका व्यक्तिद्वारा जनचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सेन्टरका अध्यक्ष डा.सुदीप श्रेष्ठले बताए।
‘क्यान्सर रोग लागेपछि जीवन नै सकिन्छ भन्ने अाम मानिसकाे धारणा छ’, श्रेष्ठले भने, ‘उपचार गरे यो रोग पनि पनि निको हुन सक्छ। समाजमा पुनर्स्थापित हुन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने अन्तरक्रियाको लक्ष्य हो।’ अन्तरक्रियामा विभिन्न क्यान्सरका विशेषज्ञहरूको सहभागिता रहनेछ। यस्तै ४० भन्दा बढी उपचारपछि क्यान्सरमुक्त भएकाहरूले अनुभव अादानप्रदान गर्नेछन्।
कार्यक्रममा क्यान्सरोगको विषयमा सेन्टरले विभिन्न समयमा गरेका कामहरूको जानकारी पनि दिइएको थियो।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा