‘पैसा तिरेर पनि विष खाइरहेछाैँ हामी’

काठमाडौं : सांसदहरूले कानुन फितलो हुँदा उपभोक्ताले पैसा तिरेर पनि विष खाइरहनुपरेको भन्दै सरकारको आलोचना गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा उपभोक्ता हित संरक्षण विधेयकमा जारी छलफलमा सहभागी हुँदै सांसद दुर्गा पौडेलले तरकारी दूध, दही, फलफूल, माछामासुमार्फत पैसा तिरेर विष खाइरहनुपरेकाे बताइन्।
उनले विदेशमा खाद्यान्न परीक्षण गरेर मात्रै उपभोक्ताले प्रयोग गर्न लायक भए मात्रै बजारमा पठाइने गरे पनि नेपालमा भने त्यस्तो व्यवस्था नभएको बताइन्।
सांसद पाैडेलले उपभोक्ताको अज्ञानताको फाइदा उठाउँदै अखाद्य तथा मिति नाघेका सामान बिक्री भइरहेकाले सरकार गम्भीर हुनुपर्ने बताइन्। सरकारी चलखेल र कमजोरीका कारण पनि त्यस्तो भइरहेको उनकाे अाराेप थियाे।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु