विष मिसिएकाे पानी पिउँदा १३ विद्यार्थी बिरामी

मोरङ : लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयमा विषालु पानी पिउँदा १३ विद्यार्थी बिरामी परेका छन्।
बिहान ११ बजे विद्यार्थीले विद्यालयमा रहेकाे ट्यांकीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए। ट्यांकीमा ‘साइपर मेथिन’ नामक औषधि हालेकाे पाइएकाे प्रधानाध्यापक खेमराज दुलालले बताए। ट्यांकी नजिकै औषधिको बट्टा भेटिएको उनले जानकारी दिए।
खानेपानीमा विष कसले हालेकाे भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिए। बिरामी विद्यार्थीको उपचार पथरी शनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मंगलबारे अस्पतालमा भइरहेको छ।
घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। १ देखि कक्षा १२ सम्म पढाइ हुने श्री माविमा ४९१ विद्यार्थी अध्ययनरत छन् ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु