काठमाडाैंमा मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन तालिम
काठमाडाैं : काठमाडाैंमा मानव मलमूत्रीय फोहरमैला व्यवस्थापनमा क्षमता अभिवृद्धिसम्बन्धी तालिम शुरु भएको छ ।
सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनीयर्स (सोफेन), वातावरण तथा जनस्वास्थ्य संस्था (इन्फो) र ५०० बी सोलुसन प्रालिको संयुक्त आयोजनामा साेमबारदेखि प्रदेश नं ४ र ५ का नगरपालिकामा कार्यरत इञ्जिनियरहरूलाई तालिम प्रदान गरिएको हो। कार्यक्रममा पूर्वमन्त्री गणेश साहले शहरी वातावरण सफा राख्न फोहरमैला व्यवस्थापनको विषय उत्तिकै महत्त्वपूर्ण भएको धारणा राखे।
साहले जनप्रतिनिधिले पूर्वाधारसहित मानव मलमूत्रीय फोहर व्यवस्थापनको दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने बताए।
सोफेनका पूर्वअध्यक्ष किशोर शाक्यले नगरलाई स्वच्छ र सुन्दर बनाउन इञ्जिनियरले फोहरमैलाको दिगो व्यवस्थापन गर्न जरुरी रहेको तर्क गरे। सोफेनका अध्यक्ष रामदीप साहले नेपालका प्रमुख शहरमा फोहरमैला र ढलको समुचित व्यवस्थापन नहुँदा देखिएको समस्याबाट सबैले शिक्षा लिनुपर्ने बताए।
तालिम बुधबारसम्म चल्नेछ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा