दीर्घरोगीकाे उपचार खर्च गाउँपालिकाले दिने
तेह्रथुम : छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ। गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकलार्इ कुनै दीर्घरोग लागेमा उनीहरूको अवस्था हेरी पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए।
यहाँ रहेका मुटुरोगी, क्यान्सर, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक रूपमा एक पटक पाँच हजार देखि २५ हजार रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने नीति लिइएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकारी दिए।
गाउँपालिकाले आव ०७५\०७६ मा दीर्घरोगी सहयोग कोषमा पाँच लाख बजेट विनियोजन गरेको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु