Health TV Online
Health TV Online
Health TV Online

कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिन गर्न कार्यदल

कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिन गर्न कार्यदल

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ।

कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ।  कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाही सदस्य छन्।

उक्त कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यादेश दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्।

प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीलाई सरकारले काठमाडौं लैजाने क्रममा गत साउन ३ गते प्रहरी र उनका समर्थकबीच झडप भएकाे थियाे। घटनाबाट सात लाख ९४ हजार रुपैयाँ बराबरको क्षति भएको सार्वजनिक भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा