Health TV Online
Health TV Online
Health TV Online

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले किन्यो एम्बुलेन्स

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले किन्यो एम्बुलेन्स

ओखलढुंगा : दुर्गम खिजीदेम्बा गाउँपालिकामा एम्बुलेन्स पुगेको छ। जिल्लाको उत्तरपश्चिममा पर्ने सबैभन्दा दुर्गममा पर्ने गाउँपालिकाले नागरिकको सेवाका लागि एम्बुलेन्स खरिद गरेको हो।

नागरिकलाई बिरामी परेका बेला उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेको गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले बताए।

उनका अनुसार गाउँपालिकाको १० लाख १२ हजार ४ सय रकमले भारतबाट एम्बुलेन्स ल्याइएको हो।

नागरिकको सेवाका लागि एम्बुलेन्स खरिद गर्ने खिजीदेम्बा ओखलढुंगाको पहिलो स्थानीय तह हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा