Health TV Online
Health TV Online
Health TV Online

‘ट्रमाडोल’ खुला बिक्री वितरणमा रोक

‘ट्रमाडोल’ खुला बिक्री वितरणमा रोक

काठमाडौं : सरकारले  ‘ट्रमाडोल’ एकल तथा समिश्रित औषधि खुला बिक्री वितरणमा रोक लगाएको छ। यही भदौ १५ गतेदेखि यसको खुला बिक्री वितरणमा रोक लगाउन लागेकाे हाे।

याे अाैषधिकाे दुरूपयाेग अत्यधिक रूपमा बढिरहेकाे भन्दै अाैषधि व्यवस्था विभागले सीमित स्थानबाट मात्र बिक्री वितरणकाे व्यवस्था  मिलाउन लागेकाे हाे। ‘ट्रमाडोल’ दुखाइ कम गर्न प्रयाेग हुन्छ।

चिकित्सककाे प्रेस्क्रिप्सनको आधारमा निजी वा सरकारी फार्मेसीबाट मात्रै बिक्री हुनेगरी रेकर्ड राखिने विभागले जारी गरेकाे सूचनामा उल्लेख छ। अस्पतालबाहेकका फार्मेसीमा रहेका अाैषधि फिर्ता गर्न पनि विभागले अाग्रह गरेकाे छ।

औषधि सल्लाहकार समिति २०७५ असार २९ गतेको बैठकले ती बनावटका औषधीहरु सीमित स्थानहरूबाट मात्र बिक्रीवितरण गर्न दिने निर्णय गरेको हो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा