स्वास्थ्य केन्द्रमा बच्चा जन्माउनेलाई ६ हजार ८०० भत्ता

मोरङ : कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य केन्द्रको ‘बर्थिङ सेन्टर’मा बच्चा जन्माउने सुत्केरीलाई छ हजार ८०० रूपैयाँ भत्ता दिने निर्णय गरेको छ।
कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले पाँच हजार र स्वास्थचौकीले एक हजार ८०० रूपैयाँ उपलब्ध गराउने भएका हुन्। आर्थिक वर्ष ०७५\७६ को बजेटमा परेको उक्त रकम साउनदेखि दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताए।
यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइने छ। प्रसूतिगृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्य चौकीले अर्को अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत दुई हजार रूपैयाँ भाडासमेत दिइने स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा वडा नं. ४ का अध्यक्ष धनबहादुर राईले जानकारी दिए।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु