मिर्गौला दान गर्नेमा महिला अगाडि
काठमाडौं : नेपालमा मिर्गौला दान गर्नेमा पुरुषको तुलनामा महिला निकै अगाडि देखिएका छन्।
मिर्गौला प्रत्यारोपण शुरु भएको दश वर्ष पूरा भएको अवसरमा त्रिवि शिक्षण अस्पतलमा आयोजित समारोहमा विशेषज्ञहरूले नेपालमा मिर्गौला दान गर्नेमध्ये ६९ प्रतिशत महिला र ३१ प्रतिशत पुरुष प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरेका हुन्।
त्रिवि शिक्षण अस्पतालमा मात्रै दश वर्षमा ५०६ जनाको मिर्गौला प्रत्यारोपण गरिएका मध्ये ८५ प्रतिशत पुरुष छन्। १५ प्रतिशत महिलाले मिर्गौला प्रत्यारोपण गराएका छन्।
मिर्गौला प्रत्यारोपणको क्रममा संक्रमण भएर १७ जनाको मृत्यु भएको जानकारी दिइएको थियो।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले त्रिवि शिक्षण अस्पताललाई नमुना अस्पताल बनाउन गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए। उनले अस्पताललाई अनशलस्थल नभर्इ नमुना उपचार केन्द्र बनाउन जोड दिन आग्रह गरे।
कार्यक्रममा मिर्गौला प्रत्यारोपणमा महत्त्वपूर्ण भूमिका निभाएका चिकित्सक, नर्स र कर्मचारीलाई सम्मान गरिएको थियो।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु