राप्ती अस्पताल : डेढ वर्षदेखि निमित्तकाे भरमा सञ्चालन

दाङ : १० वर्षअघि निर्माण भएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ। अस्पतालमा लामो समयदेखि ‘मेडिकल सुपरिटेण्डन्ट’ नहुँदा सेवा प्रभावित बनेको छ।
अस्पतालमा मेडिकल सुपरिडेण्डेन्टका रूपमा कार्यरत डा.भोला श्रेष्ठ डेढ वर्षअघि स्वास्थ्य मन्त्रालमा काज सरुवा भएर गएपछि हालसम्म अस्पताल निमित्तको भरमा सञ्चालन हुँदै आएको छ। स्त्रीरोग विशेषज्ञ डा. विनोद सिंहले निमित्तको रूपमा काम गर्दै आएका छन्।
अस्पतालमा १४ विशेषज्ञ चिकित्सकको दरबन्दी छ। हाल यहाँ पाँच चिकित्सक मात्र रहेको अस्पताल प्रशासनले जनाएको छ। चिकित्सक अभावमा बिरामीले पर्याप्त सेवा पाउन सकेका छैनन्। अस्पताल ‘रिफर सेन्टर’ मात्रै बनेको नागरिककाे गुनासो छ।
अस्पतालमा ७४ जनाको दरबन्दी रहे पनि हाल५६ कर्मचारी मात्र कार्यरत छन्। सबैभन्दा बढी समस्यामा सर्पदंशका बिरामी अाउने गरेका छन्। उनीहरूको उपचार गर्न भेन्टिलेटरको अभाव छ। अन्यत्र रिफर गर्दा बाटोमै बिरामीकाे ज्यान जाने गरेको सेवाग्राहीकाे गुनासाे छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु