गैँडाकोटमा मलेरियाको संक्रमण

नवलपरासी : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा मलेरियाको संक्रमण देखापरेको छ। यसै महिनामा नगरपालिकाभित्र एक बालिकासहित तीन जनामा मलेरियाको संक्रमण देखा परेको हो।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता)पूर्व कार्यालयका अनुसार गैँडकोट नगरपालिकाका विभिन्न वडामा पछिल्लो तीन सातायता तीन जनामा मलेरियाको संक्रमण देखापरेको छ।
विभिन्न वडामा मलेरियाको संक्रमण देखा परेपछि आसपासका क्षेत्रमा करीब १५० जनाको नमूना रगत संकलन गरी परीक्षण गरिएको कार्यालयका तथ्यांक अधिकृत इन्द्र भण्डारीले जानकारी दिए।
मुगुबाट ६ महिना पहिला गैँडाकोट आएकी बालिकालाई मलेरियाको संक्रमण देखा परेको हो। यस अगावै गैँडाकोट–५ मा एकजना र गैँडाकोट–१८ रतनपुरमा एकजनामा मलेरिया संक्रमण देखा परेको थियो । गैँडाकोट–१ की बालिका मुगु र गैँडाकोट ५ र १८ का व्यक्ति भारतमा काम गरेर नेपाल आएका थिए।
गैँडकोटमा मलेरियाको संक्रमण देखापरेपछि स्थानीयवासीलाई सचेत रहन जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता) पूर्व कार्यालयले आग्रह छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु