Health TV Online
Health TV Online
Health TV Online

जिल्ला अस्पताल चिकित्सकविहीन

जिल्ला अस्पताल चिकित्सकविहीन

धनकुटा : जिल्ला अस्पताल चिकित्सकविहीन भएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेनसहित दुई डाक्टरको एकैपटक सरुवा  र करारमा रहेका तीन डाक्टरको पनि म्याद सकिएपछि अस्पताल चार दिनदेखि चिकित्सकविहीन भएकाे प्रशासन सहायक वीरेन्द्रकुमार श्रेष्ठले बताए।

मेडिकल सुपरिटेण्डेन डा. फणिन्द्र बराल र डा. प्रीति यादव सरुवा भएर अन्यत्र गइसकेका छन्। करारमा रहेका हेमसागर गौतम, बबिन रेग्मी र सुमन जायसवालको करार अवधि समाप्त भएपछि जिल्ला अस्पताल चिकित्सकविहीन बनेको हो।  दरबन्दीमा डा. नीति प्रसाईँ र नीलम कुमारीलाई पठाइएको भनिए उनीहरू अस्पतालमा हाजिर  भइनसकेकाे अस्पताल प्रशासन जनाएको छ।

अस्पताल डाक्टरविहीन भएपछि धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरबाट उपचारका लागि आएका सेवाग्राही अन्यत्र धाउन बाध्य भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा