‘मेडिकल कलेज पढ्ने नेपाली विद्यार्थीलार्इ सजिलाे छैन बंगलादेशमा’

काठमाडौं : नेपाल मेडिकल स्टुडेन्ट एसाेसिएसन बंगलादेशले सरकारले सहयोग नगरेका कारण त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थीले दुःख पाइरहेको जनाएको छ।
एसाेसिएसनले पत्रकार सम्मेलन गरी बंगलादेशमा पढ्न जाने विद्यार्थीसँग कन्सल्ट्यान्सीवापत पाँचदेखि सात लाख रुपैयाँसम्म कमिसन लिने गरेको तथा कमिसन बुझाउन नसक्ने विद्यार्थीलार्इ कालोसूचीमा रहेका कलेजमा पढ्न पठाइने गरेको जनाएको छ।
एसाेसिएसनका अध्यक्ष नवीन यादवले बंगलादेशमा रहेका कुल १०० वटा मेडिकल कलेजमध्ये सरकारबाट सञ्चालित २५ वटा कलेज राम्रो रहे पनि निजी क्षेत्रबाट सञ्चालित अधिकांश कलेज गुणस्तरहीन रहेको तथा ३६ वटा कलेज कालोसूचीमा रहेको बताए। कालोसूचीमा रहेका कलेजमा पढ्ने कतिपय विद्यार्थीले आत्महत्या गर्ने गरेकाे उनले बताए।
कन्सल्ट्यान्सीले मोटो रकम कमिसन लिएर कालोसूचीमा रहेको कलेजमा पठाउने गरिनाले त्यहाँ अध्ययनरत आठ हजार विद्यार्थीले पीडा भोग्नुपरेको उनले बताए। ७० प्रतिशत कन्सल्ट्यान्सीले विद्यार्थीलाई ठग्ने गरेको अध्यक्ष यादवकाे दाबी छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु