नेपाल मेडिसिटी र नागरिक अस्पतालबीच विशेष सम्झौता

नेपाल मेडिसिटी र नागरिक अस्पतालबीच विशेष सम्झौता

काठमाडौं :  नेपाल मेडिसिटी र भक्तपुरमा अवस्थित नागरिक अस्पतालले उपचार सम्बन्धमा विशेष सहमति गरेका छन् । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले औपचारिक रुपमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउनेछ ।

स्वास्थ्य क्षेत्रमा  संस्थाको बलियो समन्वय स्थापना गर्ने उद्धेश्यले क्षमता अभिवृद्धि सहित सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने जस्ता कार्यमा जोड दिन विषयमा सहमति गरिएको हो । अस्पताल र अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस सम्झौतालाई अगाडि सारिएको नेपाल मेडिसिटीका महाप्रबन्धक रिमालले बताए ।

प्रविधि, पुर्वाधार र चिकित्सकिय दृष्टिकोणमा अग्रणी भूमिका खेलिरहेको नेपाल मेडिसिटी अस्पतालसंग सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा नागरिक  अस्पतालका  प्रबन्ध निर्देशक नागेन्द्र झाले खुशी व्यक्त गरे ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा