Health TV Online
Health TV Online
Health TV Online

रकम अभावका कारण आयुर्वेदिक औषधालयकाे सेवा बन्द

रकम अभावका कारण आयुर्वेदिक औषधालयकाे सेवा बन्द

उदयपुर :  जिल्ला सदरमुकाम गाईघाटस्थित बोक्सेमा सञ्चालन हुँदै आएको सगरमाथा क्षेत्रकै सबैभन्दा पुरानो सगरमाथा आयुर्वेदिक औषधालयले दिँदै आएको सेवा रकम अभावका कारण बन्द भएको छ।

औषधालयका कर्मचारीका अनुसार एक वर्षदेखि सो औषधालयले उपचारका लागि आउने सेवाग्राही तथा बिरामीलाई दिँदै आएको पञ्चकर्म सेवा तथा केही थेरापी सेवा दुई महिनादेखि बन्द छ।

‘औषधालयमा सामान्य उपचारबाहेक पञ्चकर्म सेवा पनि उपलब्ध गराउँदै आएका थियौँ’, औषधालयका डा सञ्जीवकुमार यादवले भने’, ‘तर स्वास्थ्य विभागले विनियोजन गरेको न्यून बजेट सकियो, त्रियुगा नगरपालिकाले उपलब्ध गराएको दुई लाख बजेट पनि सकियो, अब बजेट छैन, त्यसैले यो सेवा निरन्तर सञ्चालन गर्न सकेनौँ।’

२००४ सालमा गाईघाटको बोक्सेमा स्थापना भएको सगरमाथा आयुर्वेदिक औषधालय सगरमाथा क्षेत्रकै पहिलो र पुरानो औषधालय हो भने अहिले यहाँ एक चिकित्सकसहित चार मात्र कर्मचारी छन्।

आफूहरूले प्रभावकारी सेवालाई निरन्तरता दिन नसक्दा अहिले ठूलो संख्यामा सेवाग्राही मर्कामा परेको र औषधालयमा अहिले दैनिक दशसम्म मात्र सेवाग्राही तथा बिरामी आउने गरेको अस्पतालका कर्मचारी बताउँछन्।

खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, सिरहा र भारतबाट समेत यस औषधालयमा सेवाग्राही उपचारका लागि आउने गरेको भएपनि आयुर्वेदिक विभागले यसको उचित व्यवस्थापनमा ध्यान नदिँदा यो औषधालय अहिले औषधिविहीन बनेकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा