दुईवटै मृगौला काम नलाग्ने भएकी शान्तिमायाको अपिल

काठमाडाैं : दुईवटै मृगाैला काम नलाग्ने भएकी इलामकाे रोङ गाउँपालिका–४ की ५५ वर्षीया शान्तिमाया तामाङ उपचार खर्च अभावमा छटपटाइरहेकी छिन्।
‘नेपालका देखि भारतको सिलीगुढीसम्मका अस्पतालमा पटक–पटक उपचार गर्दा पैसा सकियो’ उनले दु:खेसो पोखिन्, ‘अहिले खर्च अभावमा छटपटाउनु परेको छ।’
दुई छोरा र एक छोरीकी आमा उनी अहिले ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा डायलायसिस गराइरहेकी छिन्।
रकम अभावमा उपचार गराउन कठिन भएको शान्तिका श्रीमान् हेमलालले गुनासो गरे। शान्तिमायाको उपचारमा आर्थिक सहयोग गर्न इच्छुकहरूले मोबाइल नम्बर ९७४२६७८४८२ र ९८१६९९१४६५ मा सम्पर्क गर्न उनले आग्रह गरे।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु