Health TV Online
Health TV Online
Health TV Online

त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको सेवा अब नयाँ भवनबाट

त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको सेवा अब नयाँ भवनबाट

काठमाडौं : त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवन सञ्चालनमा आएको छ। सैनिक कल्याणकारी कोषद्वारा पुनर्निर्मित भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालन शुरु भएको छ।

काठमाडाैंकाे नयाँसडकस्थित पुरानै ठाउँमा नवनिर्मित भवनकाे उद्घाटन प्रधानसेनापति राजेन्द्र क्षत्रीले गरे। प्रथम विश्वयुद्धमा सन् १८१४ पछि नेपाली सेनाले भाग लिइ जीवन उत्सर्ग गर्ने वीर सपूतहरूको सम्झनामा बेलायत सरकारको सहयोगमा अस्पताल निर्माण भएको थियो ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि उक्त भवनबाट प्रदान गरिँदै आएको स्वास्थ्य सेवा बन्द भएको थियो । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सेवा विस्तारका रूपमा रहने अस्पतालबाट हाल बहालवाला, भूपू सैनिक र तिनका आश्रित परिवारका लागि आकास्मिक सेवा र बहिरंग सेवा उपलब्ध हुन्छ।

अस्पतालमा पहिलो चरणमा बाल चिकित्सा, दन्त चिकित्सा, औषधि वितरण, प्रयोगशाला र फिजियोथेरापी सेवा उपलब्ध हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा