शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेमा प्रदेश ७ अगाडि, प्रदेश २ पछाडि

नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेमा प्रदेश ७ अगाडि देखिएकाे छ।
विश्व स्तनपान दिवसका सन्दर्भमा राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनले जारी गरेकाे प्रतिवेदनअनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेमा प्रदेश २ मा सबैभन्दा कम छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पहिलो एक घण्टामा स्तनपान गराउनेको संख्या प्रदेश ७ मा सबैभन्दा धेरै ७०.७ प्रतिशत रहेको छ। प्रदेश २ मा सबैभन्दा कमअर्थात् ४५.३ प्रतिशत छ।
प्रदेश २ मा जन्मिएका शिशुमध्ये पहिलो तीन दिनमा मह, पानी र अन्य दूधजस्ता पदार्थ खुवाइने गरिएको सर्वेक्षणले देखाएको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु