कर्मचारी अभावमा उपचार सेवा प्रभावित

दाङ : लमही अस्पतालमा कर्मचारी नहुँदा सेवा प्रभावित भएको छ। करारमा रहेका कर्मचारीको म्याद असार मसान्तदेखि थप नभएपछि सेवा सञ्चालनमा समस्या भएको हो।
इमरजेन्सीका दुई, प्यारामेडिकलका दुई, एम्बुलेन्स चालक एक, शववाहन चालक एक र कार्यालय सहयोगी तीन जनाको म्याद थप नभएपछि समस्या भएको अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा.विमलेश गुप्ताले बताए।
राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप अत्यधिक रहेको तर जनशक्ति पर्याप्त नभएको उनले बताए। ‘दैनिक ६० देखि एक सयसम्म बिरामी उपचारका लागि आउँछन्’, उनले भने, ‘दैनिक ८\१० जना दुर्घटनाका घाइते आइरहेका हुन्छन्।’
१५ शय्याको लमही अस्पतालमा हाल तीन जना डाक्टरको दरबन्दी छ। अस्पतालमा हाल अहेब ५, नर्स एक, अनमी ५ र कार्यालय सहयोगी दुई जना कार्यरत छन् । अझै १०\१२ जना कर्मचारी आवश्यक रहेकाे गुप्ताले बताए।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा