स्वास्थ्य सेवा विभागमा स्तनपान कक्ष स्थापना

काठमाडौं : विश्व स्तनपान सप्ताहको अवसर पारेर स्वास्थ्य सेवा विभागमा स्तनपान कक्ष स्थापना भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनी र युनिसेफ नेपालका प्रतिनिधि टोमो होजुमीले बुधवार संयुक्त रूपमा सो कक्षको उद्घाटन गरे।
विभागमा कार्यरत महिला कर्मचारी र सेवाग्राहीका लागि लक्ष्य गर्दै स्तनपान कक्ष शुरु गरिएको महानिर्देशक डा.गुणराज लोहनी बताए। उक्त कक्षमा दुई महिलाले एकैपटक बच्चालाई स्तनपान गराउन सक्नेछन्।
युरोपियन युनियन र युनिसेफको सहयोगमा आगामी एक वर्षभित्र विभिन्न ३० स्थानमा स्तनपान कक्ष बनाइने लक्ष्य लिइएको डा. लोहनीले बताए। ‘अहिले ३० वटा कक्षको लक्ष्य भए पनि यसलाई बढाउँदै लैजाने योजना छ’, उनले भने।
नेपालमा स्तनपान कक्षको व्यवस्था नहुँदा धेरै कामकाजी आमाहरू आफ्ना बच्चाहरूलाई स्तनपान गराउनबाट वञ्चित भइरहेका छन्।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा