स्तनपान गराउन प्रेरित गर्दै सप्ताहव्यापी कार्यक्रम

स्तनपान गराउन प्रेरित गर्दै सप्ताहव्यापी कार्यक्रम

काठमाडौं : ‘स्तनपानः जीवनको आधार’ भन्ने नारासहित याे वर्षको स्तनपान सप्ताह बुधवार शुरु भएको छ। शिशुलाई छ महिनासम्म पूर्ण  स्तनपान गराउन प्रेरित गर्दै अगष्ट १ देखि ७ सम्म विश्वभर यो सप्ताह मनाइन्छ।

सप्ताहकै अवसरमा स्वास्थ्य सेवा विभागमा आयोजित अन्तक्रिया कार्यक्रममा  विज्ञहरुले बालबालिकालाई आवश्यक  सम्पूर्ण पौष्टिक तत्व आमाको दूधबाट मात्र पाइने हुँदा बच्चालाई जन्मेदेखि दुर्इ वर्षसम्म स्तनपान गराउन जरुरी रहेको बताए। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनीले स्तनपानबारे आमा स्वंय सचेत हुन जरुरी रहेकाे बताए।

‘पूर्ण स्तनपान’ गराउने  ६६ प्रतिशत

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा  ‘पूर्ण स्तनपान’ गराउनेको संख्या जम्मा ६६ प्रतिशत छ । यसैगरी शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत मात्र छ । यसैगरी शिशु जन्मिनेबित्तिकै १० मध्ये तीन जनालाई घिउ–मह चटाउने गरिएको पाइएको छ। शिशुलाई कहिल्यै पनि स्तनपान नगराउने आमाको संख्या एक प्रतिशत छ।

स्तनपान बच्चाको लागि पहिलो खोप हो भन्ने थाहा हुँदाहुँदै पनि अझै पनि ४५ प्रतिशत आमाले शिशु जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउँदैनन्। त्यस्तै ३४ प्रतिशत आमाले बच्चालाई पूर्ण स्तनपान गराइरहेका छैनन्। जन्मेदेखि छ महिनासम्म बच्चालाई  पानी पनि नदिई आमाको दूध मात्र खुवाउनुलाई ‘पूर्ण स्तनपान’ भनिन्छ। बच्चाको पहिलो खोप नै स्तनपान भएकाले यसबारेआमाहरु सचेत हुन जरुरी छ ।

स्तनपानका फाइदा

स्तनपानले शिशुको रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ। यसले आमालाई गर्भ निरोधकको रुपमा समेत मद्दत गर्छ । शिशुलाई जन्मिनासाथ आमाले छातीमा टाँसेर राख्दा यसले पाठेघर खुम्चिने प्रक्रियालाई सहज बनाउँछ जसले गर्दा साल सजिलै निस्कन मद्दत गर्छ र रक्तश्राव कम गर्छ। नवजात शिशुलाई चाहिने सम्पूर्ण पौष्ष्टिक तत्त्व पुग्छ।

यसैगरी आमाको दूधका लागि पैसा पर्दैन जसले गर्दा  स्तनपानले परिवारमाआर्थिक भार समेत कम गर्छ। स्तनपान बच्चाको लागि सबैभन्दा सुरक्षित पानीको स्राेत हो । बाल्यकालमा आमाको पर्याप्त दूध खान नपाएका बालबालिकामा विभिन्न  स्वास्थ्य समस्या देखिन सक्छ। उनीहरूको शारीरिक र बौद्धिक विकासमा समेत अवरोध पुग्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा