भक्तपुरका दुई फार्मेसीमा सिल

भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरले दुई फार्मेसीमा सिलबन्दी गरेको छ। लागुऔषध मानिने विभिन्न औषधिहरु अवैध रूपमा बिक्री गरेको भन्दै फार्मेसी पसल सिलबन्दी गरेको हो।
औषधि व्यवस्था विभागका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले सूर्यविनायक नगरपालिका ५ सल्लाघारीको अरनी हाइवे पोलिक्लिनक र अर्विषा फार्मेसीमा सिलबन्दी गरेको हो।
चिकित्सकको प्रेस्क्रिप्सनविनै लागुऔषधका रूपमा प्रयोग गर्ने युवालाई अाैषधि बिक्री गरेको आरोपमा दुई सञ्चालक पक्राउ गरिएकाे प्रहरीले जनाएको छ। खरिदकर्ता समेत पक्राउ परेका छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights