त्रिवि शिक्षण अस्पतालका निर्देशकको टुंगो आगामी साता

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको निर्देशक आगामी साता टुंंगो लाग्ने भएको छ। नयाँ निर्देशकको विषय आगामी सातासम्म टुंंगो लागिसक्ने आर्इओएमका डीन प्रा.डा.जगदीशप्रसाद अर्यालले बताए।
‘सर्च कमिटीका एक सदस्य विदेश गएकाले केही ढिलाइ भएको हो’ उनले भने, ‘उहाँ आउनसाथ आइतबार निर्देशकबारे टुंगोमा पुग्नेछाैँ।’
तत्कालीन निर्देशक प्रा.डा.दिपक महराले राजीनामा दिएको दुई साता भन्दा बढी बितिसक्दा पनि निर्देशक नियुक्त गर्न नसकेको भन्दै गुनासो आएपछि आर्इओएमकी सहायक डीन प्राध्यापक मन्दिरा वन्तलाई निमित्तको जिम्मेवारी दिइएको थियो।
निर्देशक नियुक्तिका लागि दुई महिनाअघि नै आर्इओएमका डीन अग्रवालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी बनेको थियो। अस्पतालको निर्देशकका लागि धेरै आकांक्षी रहेको तर सर्च कमिटीले तोकेको मापदण्डअनुसार चयन गर्ने अग्रवालले बताए।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा