Health TV Online
Health TV Online
Health TV Online

गाउँमै बन्याे सुविधासम्पन्न स्वास्थ्यचौकी

गाउँमै बन्याे सुविधासम्पन्न स्वास्थ्यचौकी

नुवाकोट : दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारस्थित समुद्रटार स्वास्थ्यचौकीले सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ।

दुई करोडको लागतमा बनेको सुविधासम्पन्न भवनको उद्घाटन दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले गरेका हुन्।

तामाङले स्वास्थ्यचौकीलाई थप व्यवस्थित बनाउन र आवश्यक थप संरचना निर्माणका लागि ३० लाख रुपैयाँ गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च गर्न लागेको जानकारी दिए।

स्वास्थ्यचौकीको भवन निर्माणका लागि स्थानीयवासी होमबहादुर डंगोल र मेनुका डंगोलले तीन रोपनी, मधुसूदन आचार्य र राधादेवी आचार्यले दुई रोपनी जग्गा दान गरेका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा