चिकित्सा शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता

काठमाडौं : सरकार र चिकित्सक गोविन्द केसीबीच भएका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमाथि संशोधन दर्ता भएको छ।
नेकपाका तीन सांसद र कांग्रेसका एक सांसदले विधेयकमाथि मंगलबार संसद सचिवालय सिंहदरबारमा संशोधन दर्ता गरेका हुन्।
गत बिहीबार राति सरकारी पक्ष र डा.केसीबीच भएको सहमतिअनुसार विधेयक संशोधनका लागि नेकपाका सांसद शान्ता चौधरी, देव गुरूङ, कृष्णभक्त पोखरेलले मंगलबार संसद सचिवालय सिंहदरबारमा पेश गरे।
त्यस्तै विधेयकमा संशोधनका लागि कांग्रेसका सांसद गगन थापाले पनि संशोधन दर्ता गरेको संसद सचिवालयले जनाएको छ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा