मेट्रो काठमाडौं अस्पतालद्वारा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं : काठमाडौंको महाराजगंजस्थित मेट्रो काठमाडौं अस्पतालले रक्तदान कार्यक्रम गरेको छ।
राजधानीमा देखिएको रगत अभावलाई केही हदसम्म भए पनि कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत टोपेन्द्रप्रकाश ओलीले बताए ।
वर्षातको समयमा रगत अभाव हुने भएकाले रक्तसञ्चार केन्द्रले सबैलाई रक्तदान गर्न आह्वान गर्दै आएको छ। रक्तदान कार्यक्रममा अस्पतालका कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी लगायत ६० जनाले रक्तदान गरेका थिए ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा