वीर अस्पतालमा किन रिसाए स्वास्थ्यमन्त्री?

काठमाडौं : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पतालमा भएका उपकरणको सदुपयोग नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
माग अनुसार उपकरण खरिद भए पनि उपयोग नभएको भन्दै उनी असन्तुष्ट भएका हुन्।
‘उपकरण माग गर्ने’, शनिबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १२९ औँ वार्षिकोत्सवमा उनले भने, ‘महंगोमा खरिद गरेपछि प्रयोग नगर्ने प्रवृत्ति ठिक भएन।’
अस्पतालमा भएका सबै उपकरणको कुशलतापूर्वक सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिनुपर्ने उनले बताए। ‘वीर अस्पतालमा चिकित्सकहरू समयमा नपुग्ने र तोकिएको समयसम्म नबस्ने समस्या देखिएको छ’, उनले भने, ‘तोकिएको समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारवाही गर्न सरकार पछि पर्नेछैन।’
कार्यक्रममा अस्पतालका निर्देशक डा.भूपेन्द्रकुमार बस्नेतले दुई वर्षयता वीरमा थप सेवा र सुविधाका साथै प्रविधि थपिएको दाबी गरे।
कार्यक्रममा मन्त्री यादवले पुराना चिकित्सकहरूलाई सम्मान पनि गरे।
सर्वसाधारणको उपचारका लागि भन्दै तत्कालीन श्री ३ महाराज वीर शमशेरले १९४६ साल साउन १२ गते आफ्नो नाममा अस्पताल स्थापना गरेका थिए । वीर मुलुककै सबैभन्दा जेठ र ठूलो अस्पताल हो।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा