नेता खनालले गराए चीनमा पत्थरीको शल्यक्रिया

काठमाडौं : चीनमा उपचाररत नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्याराथाइराडड र मिर्गौलामा भएको पत्थरीको शल्यक्रिया गरिएको छ।
चीनको सिन्चाउस्थित अन्तर्राष्ट्रिय हस्पिटल अफ सिन्चाउ प्रोभिन्समा बिहीबार सफल शल्यक्रिया भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
चिकित्सकको सल्लाहमा पूर्वप्रधानमन्त्री खनाल प्याराथाइराइड र मिर्गौलामा भएको पत्थरीको उपचार गर्न चीन गएका हुन्। उनलाई एक वर्षदेखि प्याराथाइराइडको समस्या भएको थियो।
यही साउन ६ गते पत्नी रविलक्ष्मी चित्रकारसँगै चीन गएका खनाल अझै १० दिन चिकित्सकको सल्लाहमा चीन बस्नेछन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु